Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेलम्बु र मेलम्चीमा बाढी : विद्यालयमा क्षति, घरहरू जोखिममा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ८ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा फेरी पनि भौतिक क्षति पुर्याएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ । विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन् । विद्यालय जोखिममा परेकाले आज पढाइ बन्द गरिएको प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी इन्सपेक्टर सन्जिव यादवले बाढी–पहिरोले विद्यालय र विद्यालय नजिक रहेका ४/५ वटा घर उच्च जोखिममा रहेको जानकारी दिएका छन्  । उनका अनुसार जोखिममा परेका विद्यालयका फर्निचर, घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइहेको जानकारी दिएका छन्  ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको बताएकी छन्  ।

प्रहरीका अनुसार मेलम्ची–हेलम्बु सडक र अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानमा र बाह्रबिसे नगरपालिका–५ सिरिसेमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले जानकारी दिएका छन्  ।

स्थानीय पालिकाहरुको पहलमा सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकाले अझै सम्भव भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४