Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविलाई प्रश्न- के तपाईँ हिन्दुविरोधी मिसनमा हो ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ७ २०८०
  • 3.1K
    SHARES

काठमाडौँ . राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनाइप्रति प्रश्न उठाएका छन् । फेसबुकमा एउटा पोस्ट लेख्दै नेता उदयले लामिछानेलाई ‘तपाईँ हिन्दु विरोधी मिसनमा हो ?’ भन्दै प्रश्न सोधेका हुन् ।

लामिछानेलाई सम्बोधन गर्दै लेखिएको उक्त पोस्टमा उदयले लेखेका छन्- ‘धरानमा गोरु काटेर भोज गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भईरहेको अवस्थामा, त्यस सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा तपाईँले दिनु भएको जवाफप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘तपाईँ र मेरो पार्टी फरक भएता पनि तपाईँका जनताप्रतिको जबाफदेहितामा गर्नु भएका राम्रा कार्यप्रति सदैव प्रशंसक रहेँ । तथापि पछिल्लो अवस्थामा तपाईँको केही भूमिकाप्रति सशंकित हुने अवस्था सृजना हुँदै आएको छ, उदयले लेखेका छन्– ‘यसै सन्दर्भमा गोरु काटेर भोज खाँदै अरूको आस्थामाथि चोट दिने अपमानजनक अभिव्यक्ति दिएको त्यो घटनामा सामाजिक सद्भाव खलबलिने भएकोले नबोलेको भनेर जनतासमक्ष ढाँट्नु भएको प्रष्ट छ । कारण: तपाईँ कानुन निर्माण गर्ने संसद्को सदस्य हुनुहुन्छ, अनि कानुनले वर्जित गरेको गैरकानुनी कार्यलाई के तपाईँले औँल्याउनु पर्ने हैन ?’

कसैले गैरकानुनी र अरू कसैको आस्थामाथि चोट पुग्ने कार्य गर्दा सामाजिक सद्भाव खलबलिने भएको हुँदा नबोलेको भन्ने अभिव्यक्तिले जसको आस्थामाथि चोट पुगेको छ, तिनीहरूमा पर्ने मानसिक असरले के सामाजिक सद्भाव खलबलिँदैन ? उदयले कानुनले वर्जित गरेको विषयमा‌ कानुन निर्माण गर्ने सांसदले त्यो विषयलाई सामान्य रूपमा लिन मिल्छ ? भन्दै लामिछानेलाई प्रश्न सोधेका छन् ।

‘सामान्य रूपमा लिएको अवस्थामा के तपाईँले कानुनले वर्जित गरेको अवस्थामा त्यो अपराधको पक्षपोषण गरेको ठहरिँदैन ? उदयको प्रश्न छ– ‘त्यसले सामाजिक सद्भाव खलबलिने अवस्था आउँदैन ?’

नेता उदयले कसैको धार्मिक आस्थासँग जोडिएको घटनालाई सामान्यरुपमा लिएको लामिछानेको व्यवहारले स्पष्ट हुने भन्दै लेखेका छन् – ‘यसबाट हिन्दु धर्मावलम्बी र धार्मिक आस्थाविरुद्ध गरिने क्रियाकलापमा तपाईँको समर्थन छ र यो तपाईँको मिसन हो । तपाईँले स्वीकार गरेको विषयलाई बहुसङ्ख्यक जनताले अस्वीकार गर्छन् र गरी छाड्छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४