Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला टि–ट्वेन्टी क्रिकेटमा आज नेपाल र कुवेत भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ६ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा बुधबार नेपाल र कुवेत भिड्दैछन् ।

पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल बुधबार पनि सोही लय दोहोर्‍याउन चाहन्छ ।

मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबाार भएको खेलमा हङकङले दिएको ८५ रनको विजयी लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन् । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । बलीङतर्फ नेपालकी लागि सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चारदेशीय टी–ट्वेन्टी श्रृंखला भइरहेको हो ।

श्रृंखलामा नेपाल र हङकङसहित मलेसिया र कुवेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४