Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोडसेडिङ अन्त्य प्रधानमन्त्री दाहालबाट भएको हो : कुलमान घिसिङ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ५ २०८०
  • 3.5K
    SHARES

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताउनुभएको छ ।

मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताउनुभयो । उहाँले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पुर्‍याउने गरी काम गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताउनु भयो। उहाँले अहिले सयौं सबस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनिरहेको बताउनुभयो । उहाँले अब केही समयमा धेरै सबस्टेशनहरु र हाइड्रोपावरहरु उद्घाटन हुने क्रममा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४