Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी प्रदेशका मूख्यमन्त्री थापाले आज विश्वासको मत लिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ४ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने हुनु भएको छ ।

गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । तर, थापाले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ । सत्ता पक्ष गठबन्धनसँग ४७ जना सांसद संख्या भएपनि उनीहरु सबैले मूख्यमन्त्रीको पक्षमा मत दिन पाउने नपाउने टुंगो छैन ।

सभामुख बाबुराम गौतमले पदत्याग गरिसक्नु भएको छ। उपसभामुख सिर्जना दनुवारले पनि विरामी परेको भन्दै सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकाले प्रदेशसभा सञ्चालन कसले गर्ने भन्ने अन्यौल बढेको छ ।

सभामुख र उपसभामुख नभएको अवस्थामा सभा सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डल मध्येका एमाले र राप्रपाका सदस्यहरुले पनि आइतबार नै सोमबारको बैठकमा उपस्थित नहुने जानकारी गराईसकेका छन् ।

अब सत्ता पक्षकै ज्येष्ठ सदस्य इस्माइल मन्सुरीले सभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएको बताइएको छ । सभाध्यक्षले मत हाल्न नपाउने अवस्थामा मूख्यमन्त्री थापाको पक्षमा बहुमत जुट्न मुश्किल पर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४