Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले बोलाएको बैठकमा संसद अवरोध खुलाउन जुटेन सहमति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ ।

प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु भएको थियो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० यताका संसद् बैठक अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलका नेताहरु सहभागी रहेका थिए । तर,प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कार्यव्यस्तताका कारण भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनुभएको थियो । उहाँको सट्टामा एमाले नेता सुवासचन्द्र नेम्वाङ बैठकमा सहभागी हुनुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको तस्करीको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

एमालेले सो तस्करीबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने अडान राख्दै आएको छ । तर सरकार भने उच्च स्तरीय समिति बनाउन सहमत हुन सकेको छैन । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४