Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीमा उपसभामुख अलमलमा, राप्रपा सांसद विष्ट बिरामी !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३ २०८०
  • 4K
    SHARES

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको प्रस्तावअनुसार भएको भए आइतबार प्रदेशसभामा उनको विश्वासको मत परीक्षण हुन्थ्यो ।

१६ साउनमा नियुक्त भएका मुख्यमन्त्री थापाले विश्वासको मत लिन आइतबार दिउँसो १ बजेको समय मागेका थिए । उपसभामुख सृजना दनुवारले सोमबार दिउँसो १ बजेको समय तोकिदिइन् । प्रदेशसभा बैठकअघि भोलि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।

उपसभामुखसँग सत्ता गठबन्धन सशंकित छ ।

उपसभामुख दनुवार अहिलेसम्म भोलि बैठक सञ्चालन गर्ने पक्षमा देखिएकी छन् । ‘अहिलेसम्म अध्यक्षता गर्ने नै हो भन्नेमा छु’ उपसभामुख दनुवारले भनिन्, ‘मेरो काबुभन्दा बाहिर गयो, भोलि परिस्थीति त्यस्तै आयो भने भन्ने बेग्लै हो ।’

नेताहरुका अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने उपसभामुख दनुवारको हातमा छ । उनले बैठक सञ्चालन गरे मुख्यमन्त्रीले विश्वासको मत पाउँछन्, अनुपस्थित भए वा राजीनामा दिए परिस्थिति फरक हुनेछ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार उपसभामुख दनुवारले अहिलेसम्म भोलिको बैठकमा अनुपस्थित हुनेबारे कुनै जानकारी दिएकी छैनन् ।

यदि भोलिको बैठकमा एमालेबाट निर्वाचित उपसभामुख दनुवार अनुपस्थित भएमा प्रदेशसभा बैठक सञ्चालन अध्यक्ष मण्डलका जेष्ठ सदस्यले गर्ने छन् ।
अघिल्लो पटक सभामुख र उपसभामुख विदामा हुँदा मौखिक जानकारी हुने गरेको भन्दै उनले भने, ‘अहिलेसम्म उपसभामुख विदामा बस्ने जानकारी आएको छैन ।’

यदि भोलिको बैठकमा एमालेबाट निर्वाचित उपसभामुख दनुवार अनुपस्थित भएमा प्रदेशसभा बैठक सञ्चालन अध्यक्ष मण्डलका जेष्ठ सदस्यले गर्ने छन् ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख/उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलको जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत पु¥याउनबाट रोक्नका लागि यदि उनी पनि अनुपस्थित भएमा राप्रपा अम्बरबहादुर विष्टको पालो आउँछ । तर विष्ट पनि अनुपस्थित हुने सम्भावना छ ।

आफूलाई सञ्चो नभएकाले बैठकमा उपस्थित हुने वा नहुने टुंगो नभएको विष्ट बताउँछन् । शुक्रबारको प्रदेशसभा बैठकमा उपस्थित विष्ट भन्छन्, ‘अस्ति डेंगु भएको थियो, त्यति सञ्चो पनि छैन मलाई । आराम गरिरहेको छु ।’

सोमबारको बैठकमा उपस्थित हुने कि नहुने भन्ने प्रश्नमा उनले भने, ‘त्यति सञ्चो छैन, हेरौं ।’

स्रोतका अनुसार राप्रपाले आफ्ना ६ जना नै प्रदेशसभा सदस्यलाई सोमबारको बैठकमा अनुपस्थित हुन निर्देशन दिएको स्रोतको दाबी छ । त्यसैले विष्ट जाने सम्भावना छैन ।

उपसभामुख दनुवार, एमाले प्रदेशसभा सदस्य सुब्बा र राप्रपाका विष्ट अनुपस्थित भएमा सत्ता गठबन्धन संकटमा पर्नेछ । किनकी प्रदेशसभा सञ्चालनको जिम्मा अध्यक्ष मण्डलमा रहेका सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यको हुनेछ ।

अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना सदस्य छिन् । र, उनीहरुमध्ये जसले प्रदेशसभा बैठक सञ्चालन गरे पनि उसको मत विना मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना छन्, जुन टुप्लुक्क बहुमत हो ।

तर बैठकको अध्यक्षता गरेका व्यक्तिले मतदान गर्न मिल्दैन । प्रदेशसभा नियमावलीमा बैठकको अध्यक्षता गरेका व्यक्तिले कुनै पनि प्रस्तावमा बराबर मत भएको अवस्थामा मात्र निर्णायक मतदान गर्न सक्ने व्यवस्था छ । साथै ११ साउनमा मात्र सर्वोच्च अदालतले तत्कालीन सभामुख बाबुराम गौतमको समेत समर्थन लिएकै कारण थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेको थियो ।

त्यसैले भोलि सत्ता गठबन्धनका प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए बैठक नै रोक्नसक्ने स्रोतको दाबी छ । कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राई भने भोलिको बैठकमा उपसभामुख अनुपस्थितिको कल्पना नगरिएको बताउँछन् । उनले अगाडि भने, ‘भोलि सरकारले विश्वासको मत पाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४