Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बनस्थलीमा बसको ठक्करबाट बाबु आमाको मृत्यु, छोरी घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३ २०८०
  • 11.2K
    SHARES

काठमाडौं । काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।

बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी यातायातको बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीय अनिता थापा र उनका श्रीमान रामकुमार भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका बस चालक ४१ वर्षीय दानबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४