Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनै पूर्णिमाको गन्तव्य पाँचपोखरी जट्टापोखरी”तस्बिरहरू”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २ २०८०
  • 9.4K
    SHARES

काठमाडौँ । पाँच पोखरी, प्राकृतिक छटाहरूले भरिपूर्ण पैदल गन्तव्य हो । रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने पाँचपोखरी तथा जट्टापोखरी गोकुलगंगा गाउँपालिकामा अवस्थित पाँचपोखरीको आफ्नो सांस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ ।

राजधानी काठमाडौँबाट करिब दुई दिनको यात्रा पछि पुग्न सकिने सो पोखरी ! सार्वजनिक यातायातबाट जाने हो भने काठमाडौँबाट भक्तपुर काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक दोलखा हुदै पनि जान सकिन्छ भने यता भक्तपुर काभ्रेपलाञ्चोक सिन्धुली रामेछापको मन्थली हुहुदै पनि जान सकिन्छ  पाँच पोखरीको लागि बसको यात्रा गर्नको लागि बिहान काठमाडौँ बाट दोलखाको बाटो हुदै जिरी शिवालय गर्जाङ्गको लागि बस छुट्ने गर्दछ । सो बसले अपराह्न ४-५  बजे तिर गर्जाङ्ग पुर्याउछ, जुन बस यात्राको अन्तिम गन्तव्य हो ।

गर्जाङ्गबाट सुरु हुन्छ पैदल यात्रा । बाटो केही अप्ठ्यारो भएता पनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको भने पत्तै हुँदैन । गर्जाङ्गबाटको पैदल यात्रापछि उकालो हुँदै विभिन्न डाँडा पखामा रमाइलो गर्दै आफ्नो गन्तब्य तय गर्नु पर्ने हुन्छ । गर्जाङ्गदेखिको लामो  यात्रा पछि भने हामी पाँच पोखरी पुग्न सकिन्छ ।

एकै ठाँउमा पाँच वटा पोखरी,जट्टापोखरी लगाएतका सेता हिमाल, चिसो हावापानी र जमिन भरी फुलेका विभिन्न रङ्गका फूलहरूले सबैको मन भने अवश्य नै लोभ्याउने गर्दछ । पाँचपोखरीमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। पूर्णिमाको दिन र रातभरि धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ । विभिन्न जातजातिको र तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा स्थानीय भेसभुसा र भाषामा झाँक्री नाच हेर्न भने पाइन्छ ।

पाँच पोखरी,र जट्टापोखरी खिम्ती खोला र तामाकोशी नदिको उद्गमस्थल पनि हो । यी पाँच पोखरी जट्टापोखरी सबैका बेग्लाबेग्लै नाम छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड ।

यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा “कुरुक्षेत्र” समानका तीर्थस्थल भनिएको छ । पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकाङ्क्षा पूरा गर्ने मन्दिरको रूपमा पनि लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४