Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नो लिंग आफैं काटेका युवक भन्छन्– बिच्छीले टोकेपछि विष फैलिने डरले काटें


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 2.8K
    SHARES

काठमाडौँ । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।

बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।

चितवनमा उपचाररत ती युवकले कुरा गर्दै होटलको शौचालयमा गएको बेला बिच्छीले लिंगमा टोकेको बताए । त्यसपछि बिच्छीलाई मारेर आफ्नो झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए । त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ । ‘पाउडर, मल्हम किनेर लगाएँ तर रगत नरोकिएपछि अब मबाट हुँदैन भनेर अस्पताल गएँ,’ उनले भने, ‘अस्पतालको एकजना डाक्टरलाई अलग्गै बोलाएर भनेँ ।

ती युवकका अनुसार उनी घर जाने क्रममा अबेला भएको, गाडीमा यात्रा गर्दा टाउको पनि दुखेको र घर जाने बाटोमा भएको सवारी दुर्घटना भएका कारण जाम पनि भएकाले होटलमा बास बस्नु परेको बताएका छन्  ।

होटलको शौचालमा गएको बेला बेलुकी आठ बजेतिर बिच्छीले टोकेको उनले बताएका छन् । प्रहरीका अनुसार उनी उपचारका लागि हेटौंडा अस्पताल पुग्दा राति पौने १२ बजेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४