Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राहतका नाममा चिउरा र चाउचाउ दिएको भन्दै बाढी पीडितले गरे राहत नलिने घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 1.9K
    SHARES

कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै बाढी पीडितहरुले यसपटक राहत नलिने घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट लगायतका मन्त्री, प्रदेशसभा सदस्य तथा अन्य नेताहरुको अनुगमन टोलीले कैलालीको बाढी प्रभावित क्षेत्र भजनीेमा घर डुवानमा परेर सडकमा बास बसिरहेका नागरिकलाई भेट्यो । तर तत्काल राहत उपलब्ध गराउने आश्वासन दिन लागेका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई उनीहरुले बिचैमा रोके ।

सधैँ चाउचाउ र चिउरा दिएर अर्को वर्ष मात्र फर्किने जन प्रतिनिधिलाई उनीहरुले अब त्यस्ता राहत नलिने भन्दै फर्किन आग्रह गरेका हुन् । भजनी नगरपालिका– ३ का छविराम पोखरेलले प्रत्येक वर्ष सरकारी तथा निजि क्षेत्रबाट आउने चाउचाउ चिउराले तत्कालको भोक मात्रै टरेको बताउनुभयो । भजनीका बाढीपीडितहरुले प्रत्येक वर्ष अनुगमनमा आउने र चाउचाउ, चिउरा दिएर जाने प्रवृति रोकेर अब स्थायी समाधान खोज्नुुपर्ने बताएका छन् । बाढीबाट बढी प्रभावित हुने नागरिकको घरको जग पक्की बनाउनुका साथै पानी निकासका लागि गुरुयोजना बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

करिब दुई सातादेखि सडकमै बसिरहेको बताउँदै वडा नम्बर ३ कै धनसरा भण्डारीले सरकारबाट झारो टार्ने गरी आएका राहत सामग्री यसपटक नलिने बताउनुभयो । भजनी नगरपालिकाले सडकमा बसेका बाढी प्रभावितलाई पानीको व्यवस्था गरेको छ । राहत लिन अनुरोध गर्दा नलिने बताइरहेका उनीहरुको व्यवस्थापनमा समस्या भएको र स्थायी समाधानका लागि प्रदेश सरकारले जोड दिनुपर्ने नगरपालिकाले जनाएको छ । भजनी नगरपालिकाका मेयर केवल चौधरीले बस्ती सार्न वा घर बनाइदिन नगरपालिकाले नसक्ने भएकाले प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कमल बहादूर शाहले डुवान समस्या समाधानका लागि विकल्प खोजिने बताउनु भएको छ । सबैका घरको अग्लो जग बनाउने सम्भावनाका बारेमा त्यसको अध्ययनपछि मात्रै भन्न मिल्ने बताउदै उहाँले पानी निकासको वातावरण बनाउने, नाला तथा खोला खोल्ने लगायतका काम गरेर क्षति हुनबाट जोगाउने गरी काम गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४