Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मछिन्द्रले आज मोहन बगानसँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३१ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।

खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको हो ।

गत साता काठमाडौंमै भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई पराजित गर्दै मोहन बगानसँगको भेट पक्का गरेको हो । मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो ।

यस खेलको विजेताले प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ । प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ ।

मोहन बगान भारतको बलियो टोली भए पनि जितकै लागि खेल्ने मछिन्द्रका प्रशिक्षक किशोर केसी र कप्तान विशाल श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४