Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लगातार छैटौं खेलमा मेसीको गोल, इन्टर मियामी फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३१ २०८०
  • 5.1K
    SHARES

काठमाडौं । कप्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

इन्टर मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।चेस्टरस्थित सुबरु पार्कमा भएको खेलमा इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरेका हुन्  ।

फिलाडेल्फियाका लागि अलेजान्द्र बेडयाले एक गोल फर्काएका थिए ।यसै सिजन अमेरिकन क्लब पुगेका मेसीले लिग कपमा खेलेका ६ वटै खेलमा लगातार गोल गरेका हुन् । उनले ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

सन् २०१८ मा स्थापना भएको इन्टर मियामी पहिलो पटक कुनै पनि प्रतियोगितामा फाइनल पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४