Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा रिहा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २६ २०८०
  • 5.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले रिहा गरेको छ। जिल्ला अदालत काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि शुक्रबार साँझ स्वास्थ्य परीक्षण गरेर रिहा गरेको हो।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

शैक्षिक प्रमाण पत्र किर्तेको आरेप लगाउँदै बिहीबार काठमाडौंको गल्फुटारबाट प्रहरीले पक्राउ गरेको थियो।

तर जिल्ला अदालतले थुनामा राख्नु पर्ने अवस्था नदेखिएको ठहर गर्दा प्रहरी भोलिपल्टै रिहा गर्न बाध्य भएको हो।

अदालतले यो प्रकरणमा पक्राउ परेका पाँच डाक्टरलाई भने ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

डा. रञ्जित यादव, डा. एलिना साह, डा.मनिता चौधरी, श्रद्धा सिल्पकार र डा. अमित चौधरीलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको हो।
शुक्रबार दिउँसो पक्राउ सुमेरु सिटी हस्पिटलमा कार्यरत डा. पुनम थापा चौधरी र रौतहटबाट पक्राउ परेका डा. रामबाबु यादवको भने म्याद थप गर्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४