Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इक्वेडरमा राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 2.4K
    SHARES

एजेन्सी । इक्वेडरमा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी क्वेटोमा बुधबार आयोजित चुनावी र्‍यालीमा सहभागि भएका फर्नान्डोमाथि सशष्त्र आक्रमणकारीले गोली प्रहार गरेका हुन् ।

घटनामा केही घाइते भएका छन् । राष्ट्रपति गुईलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा कानूनी कठ्घरामा उभ्याउने आश्वासन दिंदै उच्च सुरक्षा अधिकारीहरूको आपतकालीन बैठक बोलाएका छन् ।

इक्वेडरमा यही अगष्ट २० तारिखमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । चुनावी मैदानमा उभिएका ८ जना उम्मेदवारहरुमध्ये फर्नान्डो पनि एक थिए । पछिल्लो मत सर्वेक्षण अनुसार उनले ७ दशमलव ५ प्रतिशत मत पाउने अनुमान गरिएको थियो ।

एक पत्रकार र राजनीतिक अभियन्ता फर्नान्डो इम्वेडरका जनतामाझ लोकप्रिय थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४