Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन प्रकरणको थप अनुसन्धानको जिम्मा राजस्वले प्रहरीलाई दियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २१ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई दिएको छ । आइतबार पत्रकार सम्मेलन गरेर राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण, तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजस्व अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखिएको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले संगठित रुपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानून अनुसार यो प्रकरणमा संगठित अपराध सम्बन्धी कानून आकर्षित हुने भएकाले नेपाल सरकार महान्यायाधिवक्ता, नेपाल प्रहरी र राजश्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको बताउनुभयो । उहाँले नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यर्थाथपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने देखिएको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले पक्राउ परेका सबै आरोपित, तथ्य प्रमाणहरु समेतलाई प्रहरीको जिम्मा लगाएको बताउनुभयो । महानिर्देशक ढुंगानाले २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरी ३ गते परिक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्यहरु भेटाएको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली, २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेको एक जनालाई हाजिरी जवानीमा छाडिएको बताउनुभयो । उहाँले अनुसन्धानमा भेटिएका विभिन्न तथ्यहरु अनुसन्धानकै क्रममा रहेको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले सुन तस्करीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेको बताउनुभयो । उहाँले अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको उल्लेख गर्नुभयो ।

महानिर्देशक ढुंगानाले संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने, राजस्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य समेत बुझाएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले उक्त प्रकरणलाई महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४