Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १९ २०८०
  • 1.7K
    SHARES

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको जिकिर गरेका छन् ।

अमेरिकाको राजधानी वाशिङ्टन डिसी जिल्ला अदालतमा बिहीबार हाजिर भएका ट्रम्पले आफुविरुद्ध लगाईएका पछिल्ला चारवटा आरोप अस्विकार गरेका हुन् ।

अभियोग रुजु गर्न जिल्ला न्यायाधिश समक्ष हाजिर भएका ट्रम्पले मुद्दामा आफ्नो विवरण रुजु गरिसकेपछि आरोपहरु अस्विकार गरे । सन् २०२० को चुनाव र अमेरिकी संसद भवनमा गरिएको आक्रमणसँग जोडिएको यो मुद्दा विपक्षी दलको राजनीतिक अभिष्ठबाट प्रेरित भएको ट्रम्पको आरोप छ ।

विगत चार महिनामा पूर्व राष्ट्रपति ट्रम्पको आपराधिक प्रतिवादीको रूपमा अदालतमा यो तेस्रो उपस्थिति हो । अमेरिकी कंग्रेसको झडपमा भाग लिएको आरोपमा करिब एक हजार जना प्रतिवादीहरू सोही अदालत भवनमा उपस्थित भएका छन् ।

पूर्व राष्ट्रपति ट्रम्प सुनुवाईमा भाग लिन आफ्नो निजी विमान ‘ट्रम्प फोर्स वान’ चढेर न्यू जर्सी निवासबाट वाशिंगटन डीसी पुग्नुभएको थियो ।  एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४