Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोप्य नराख्दा चुहियो मूल्य सूची, पेट्रोल र डिजलको मूल्य १० रुपैयाँसम्म बढ्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १६ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ ।

नेपाल आयल निगमलाई मंगलबार भारतीय आयल निगमबाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा साढे ८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

उनकाअनुसार असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै मूल्य तोक्ने तयारी गरेको उनले बताए ।

जसअनुसार डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँ हाराहारीले महँगो हुनेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ । यस्तै, खाना पकाउने ग्याँसमा भने नाफा नराख्ने कार्यविधि छ ।

जसअनुसार घटेर आएको प्रति सिलिण्डर एक सय रुपैयाँ मूल्य नै घटाएर मंगलबार मूल्य समायोजन गरिने ठाकुरले बताए । हवाई इन्धनमा भने स्वचालित मूल्य प्रणाली लागू हुने छैन ।

गोप्यता नराख्दा चुहियो मूल्य सूची

३१ असारमा आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गर्‍यो । स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार डिजल, पेट्रोल र मट्टीतेलमा भारतबाट घटेर वा बढेर आएको मूल्यमा कर थपेर निगमले २ प्रतिशत मात्रै नाफा राखेर नयाँ मूल्य तोक्न पाउँछ ।

जसका कारण इन्धनको भारतबाट खरिद मूल्य अग्रिम चुहियो भने बजारमा इन्धनको मूल्य घट्ने वा बढ्ने पहिल्यै जानकारी पुग्छ । तर, प्रणाली कार्यान्वयन घोषणा भएको पहिलो पटकै निगमले इन्धनको परल मूल्यमा गोप्यता अपनाउन नसक्दा बजारमा इन्धनको मूल्य पहिल्यै अनुमान गर्न सक्ने अवस्थामा पुगेको छ । निगमले स्वचालित प्रणालीअनुसार मूल्य तोकिसकेको छैन तर व्यवसायी र ग्राहकमा इन्धनको मूल्य लिटरमा कति बढ्छ वा घट्छ भन्ने यकिन भने पहिल्यै भइसकेको छ जसले इन्धन बिक्रीको आपूर्ति श्रृङ्‍खलालाई नै असर गर्ने छ ।

निगमका प्रवक्ता मनोज ठाकुर इन्धनको परल मूल्य निगममा मात्रै निर्भर नरहेका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘भारतबाट घटेर वा बढेर आउने इन्धनको मूल्य हामीलाई भन्दा पहिले इन्धन ढुवानी गर्ने चालकलाई थाहा हुन्छ’ प्रवक्ता ठाकुर भन्छन्, ‘भारतको डिपोबाट इन्धनको बिलमै मूल्य हुने हुँदा यो सूचना निगमले गोप्य राख्न खोज्दा पनि राख्न सकिने अवस्था छैन ।
स्वचालित मूल्य प्रणाली लागू भएपछि इन्धनको परल मूल्यमा गोपनीयता राख्नु पर्ला नि भन्ने प्रश्नमा उनले भने, ‘यो निगमको मात्रै वशमा छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४