Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्य खटाउने आन्तरिक संगठन सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि प्रतिनिधि तोकिँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १२ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ ।

सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् । पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । ‘अपूर्ण रहेको कार्यसमिति छ भने सबै संरचनामा पूर्णता दिने कार्य हुन्छ,’ महामन्त्री गगन थापाले भने, ‘बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने कार्य केन्द्रीय सदस्यहरुले गर्नुहुन्छ ।’

केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ । ‘भ्रातृ संस्था, शुभेच्छुक संस्था, विभागलाई सबैलाई पूर्णता दिन लगाउने काम गर्नुहुन्छ । नयाँ क्रियाशील वितरण, नवीकरण, अनलाइन प्रणाली जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ,’ महामन्त्री थापाले भने । केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लगेका हुन्छन् । त्यस अनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्नेछन् ।

पार्टी भित्र विवादका कारणले आन्तरिक संरचनामा परेको समस्या समाधान गर्न केन्द्रीय सदस्यले भूमिका खेल्ने छन् । जिल्ला कार्यसमितिले अनुशासन सिफारिस गरेकै आधारमा कारबाही भएको भनि बोलचालको अवस्थासमेत नभएको कतिपय स्थानका उदाहरण छन् । ‘अनुशासनको सिफारिस गर्न पाए पनि अन्तिम निर्णायक तलको समिति हुँदैन,’ महामन्त्री थापा भन्छन्, ‘प्रतिनिधि भएर खटिएको केन्द्रीय सदस्यले समाधान गर्न सकिनेलाई मिलाउँछन् । आफूले टुंगाउन नसक्ने अवस्था भए केन्द्रमा रिपोर्ट ल्याउँछन् ।’

दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनिएको छ । ‘केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ,’ महामन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४