Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने, मन्त्री लिम्बुको अध्यक्षतामा मूल समारोह समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १२ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ । हरेक वर्ष अगष्ट १२ तारेखमा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलन रहेको छ ।

राष्ट्रिय युवा परिषदले बिहीबार मन्त्रालयमा आयोजना गरेको भेलाबाट परिषदका अध्यक्ष समेत रहेका मन्त्री लिम्बुको अध्यक्षतामा ६५७ सदस्यीय मूल समारोह समिति घोषणा भएको हो । सन् २०२३ का लागि संयुक्त राष्ट्रसंघले ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाउन आह्वान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयमा सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा आयोजित वृहत् भेलाबाट मूल समारोह समिति बनाइएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

समितिमा परिषदका कार्यकारी उपाध्यक्ष, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश युवा परिषदका उपाध्यक्ष, परिषदका सबै सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहेका छन् । यस्तै हिसान, प्याब्सन, एनप्याब्सन लगायतका प्रतिनिधि पनि राखिएको छ ।

यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि, परिषद सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद आवद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत छन् । समितिमा परिषदका सवै जिल्ला युवा समितिका अध्यक्षहरु पनि छन् ।आगामी साउन २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रुपमा मनाउन सो समिति बनाइएको परिषदका कार्यकारी बस्नेतले जानकारी दिए । यसैगरी बस्नेतको संयोजकत्वमा सचिवालय समेत गठन गरिएको छ ।

सन् २००० देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आइएको छ । विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको हो । यो घोषणासँगै अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवा जागरण, अधिकार र सशक्तीकरण लगायतका विविध कार्यक्रम गर्दै मनाउने प्रचलन छ । नेपालमा पनि हरेक वर्ष युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र विभिन्न संघ–संस्थाले युवा दिवस विविध कार्यक्रमका साथ युवा दिवस मनाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४