Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई अन्तिम रूप दिन कांग्रेस पदाधिकारी बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ९ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले २ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई अन्तिम रूप दिन पदाधिकारी बैठक बोलाउनुभएको देउवा निकट एक नेताले बताए ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले बोलेपछि सभापति देउवाबाहेक सबै पदाधिकारीले जवाफ दिइसकेका छन् । भोली बुधबार ४ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले सम्बोधन गर्ने र बैठक समापन गर्ने तयारी छ । केन्द्रीय समिति बैठकमा महामन्त्रीको १० वटा एजेन्डा प्रस्तुत गरिएको थियो । भोली बस्ने बैठकले ती एजेन्डाहरूमाथि केन्द्रीय समितिमा भएको छलफल बमोजिम निर्णय लिने नेताहरूले बताएका छन् ।

सभापति देउवाले एक वर्षपछि बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गराउनुभएको थियो । बैठक सामाजिक सञ्जालमार्फत लाइभ भएकोमा देउवाको केही बाहेक अधिकांश केन्द्रीय सलस्यले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४