Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ८ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार सभापति र महामन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।

सोमबार दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनुहुनेछ । गत असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरिसकेका छन् । सहमहामन्त्रीहरू तथा पार्टीका पूर्व पदाधिकारीहरुले पनि सोमबार नै बोलिसकेका छन् । केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको सोमबार सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ ।

बैठकमा प्रस्तुत भएको १० एजेन्डाबारे सोमबार वा मंगलबार निर्णय हुने बताईएको छ । महामन्त्री थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनालाई भने केन्द्रिय समितिले पारित गर्छ वा गर्दैन भन्नेबारे केही खुलाईएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४