Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जहाजभित्रै पसल राख्न पाउने कार्यविधि जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ७ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । अब जहाजभित्रै पसल राख्न पाइने भएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यका सामग्री, उपहारजन्य सामग्री, घडीलगायतका सामग्री किन्न पाइने भएको छ । नेपालबाट हाल नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले भन्सार ऐन, २०६४ आउनुअघि ड्युटी फ्री सप सञ्चालन गर्दै आए पनि हाललाई उक्त सेवा बन्द रहेको थियो ।

जारी भएको कार्यविधिले वायु सेवाको अतिरिक्त आम्दानी बढ्ने, वायु सेवालाई थप सबल, सुदृढ र दिगो बनाउने तथा राजस्व सङ्कलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने पर्यटन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने बताए । ‘कार्यविधि जारी भएपछि निगमले उडानका क्रममा पसल सञ्चालनका लागि अनुमति लिएको छ,’ उनले भने, ‘दुई दशकअघिसम्म सञ्चालन भएको उक्त व्यवस्थामा ड्युटी फ्री सामान उपलब्ध हुने भए पनि विमानस्थलमै ड्युटी फ्री सपको अवधारणा नरहेकाले अहिलेको कार्यविधिले करसहित सामग्री राख्ने अनुमति दिएको छ ।’

पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, भन्सार विभागको छलफलपछि उक्त कार्यविधि जारी गरिएको हो । प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामान सिल गरी सम्बन्धित विमानस्थलले तोकिदिएबमोजिम सुरक्षा जाँच, प्रचलित भन्सारको नियम अनुसार जाँचपासको व्यवस्था हुनेछ ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाजमा कररहित सामग्री बेच्ने अनुमति मागेपछि करसहित सामग्री बेच्न अनुमति पाएको बताए । ‘दुई दशकअघिसम्म सञ्चालनमा गरेको ड्युटी फ्री पसलबाट महिनामा झन्डै एक करोड रुपियाँ बराबरको आम्दानी हुने गरेको थियो,’ उनले भने, ‘ड्युटी फ्री सामग्री सस्तो हुने भएकाले यात्रुको आकर्षणसँगै आम्दानी पनि बढी हुने भएपछि त्यो बेला अन्तर्राष्ट्रियतर्फका सबै गन्तव्यमा उक्त पसल सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४