Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज ४१ औं बीपी स्मृति दिवस मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ६ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ ।

बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भातृ संस्था र बीपी संग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्दैछ । बीपी स्मृति दिवसका अवसरमा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

विक्रम संवत् २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । १ महिनापछि सिंहदरवारबाट लगेर सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विक्रम संवत् २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । विक्रम संवत् २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पर्‍याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’,‘मोदी आइन’,‘हिटलर र यहुदी’,‘सुम्निमा’,‘नरेन्द्रदाई’,एवं ‘बाबु, आमा र छोरा’ गरी चर्चित ६ उपन्यास प्रकाशित छन् ।

यसैगरी २ कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’,हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४