Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकिङ कसुरमा एमाले नेता एवं लुम्विनी प्रदेशका पूर्व मन्त्री यादव पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक दिएका थिए । तर खातामा पैसा नभएपछि विजयबहादुर यादवविरुद्ध चेक बाउन्सको मुद्दा परेको थियो ।मुद्दा दर्तापछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

विजयबहादुर २०७४ को निर्वाचनमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित भएका थिए । तर पछि उनी लुम्बिनी प्रदेश सरकारमा पार्टीको निर्देशनविपरीत सहभागी भएको भन्दै कारपाहीमा परेका थिए । जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।

गत मंसिरमा भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४