Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३१ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो ।

गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनल पछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बंगलादेशसँग फाइनलमा ३-१ ले पराजित भएको थियो ।

त्यसको बदला लिने लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा सफल हुन सकेन । अब दोस्रो खेलमा नेपाल सामु जित निकाल्दै हारको बदला लिने अवसर बाँकी छ ।

‘हामी यहाँ जित्नका लागि आएका हौँ । पहिलो खेल बंगलादेशसँग बराबरी भयो,’ नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले भने, ‘दोस्रो खेलमा हामी अट्याकिङ फुटबल खेल्नेछौँ । केही दिनदेखि हामी यहाँ छौँ र मौसमसँग अभ्यस्त भइसकेका छौँ । आशा छ दोस्रो खेल राम्रो हुनेछ । हामी हाम्रो राम्रो दिने प्रयास गर्नेछौँ ।

बंगलादेशले पछिल्लो समय राम्रो खेलिरहेको र साफ च्याम्पियन टिम भएकोले विपक्षीको सम्मान गर्ने थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४