Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २९ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनुभयो । उहाँले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको बताउनुभयो । उहाँले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताउनुभयो । उहाँले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४