Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनयुद्धमा जोगाएको प्रधानमन्त्री दाहालको परिवार, १३ वर्षमा बुवा, छोरी, छोरा र पत्नीको साथ गुम्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २७ २०८०
  • 3K
    SHARES

काठमाडौं । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार जना परिवार भित्रका सदस्य गुमाउनुपर्‍यो । सुरुमा बुवा त्यसपछि १० वर्षको अवधिमा जेठी छोरी, छोरा गर्दे पत्नीले साथ छोडे । पारिवारिक बियोगका कारण आफूले राजनीतिक उतार चढाब व्यहोर्नु परेको स्वयं दाहालले व्यक्त गर्दै आउनुभएको छ । वनबासदेखि बालुवाटारसम्म साथ दिएकी पत्नीको निधनले उहाँ राजनीतिक जीवनमा अपूरणीय क्षति थपिएको छ ।

पत्नी सीता दाहाल पौडेलको मृत्यु भएसँगै ६ सदस्यीय प्रधानमन्त्री दाहालको परिवार आधा भएको छ । पत्नी सीता, छोरी ज्ञानु र छोरा प्रकाश गुमाएसँगै अब प्रधानमन्त्री दाहाल दुई सन्तान रेणु र गंगामा सीमित हुनुभएको छ । २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीताको १५ वर्षकै उमेरमा दाहालसँग विवाह भएको थियो । २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा आवद्ध सीता जिल्ला, क्षेत्र हुँदै उहाँ माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहनुभयो । उहाँ पछिल्लो समय माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार पदमा हुनुहुन्थ्यो । माओवादी सशस्त्र विद्रोहमा गए लगत्तै २०५२ बाटै उहाँ पनि सन्तानसँगै भूमिगत हुनुभयो ।

लामो समयको जनयुद्धमा जोगाएको परिवारमा शान्तिप्रक्रियामा आएसँगै प्रधानमन्त्री दाहालले बुवा गुमाउनु पर्‍यो । यही अवधिमा माओवादीले सुरु गरेको संसदीय राजनीतिमा संविधान सभाको पहिलो चुनावमा माओवादी पहिलो पार्टी बन्न सफल रह्यो ।

२०७० चैत्र १३ गते दाहालले जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भयो । त्यसपछि पत्नी सीता दाहालमा पार्किन्सन रोगको लक्षण देखिन थाल्यो । आमा बिरामी हुन थालेपछि नै सचिवालय छोडेर कान्छी पत्नी बिना मगरसँग बसेका छोरा प्रकाश घर फर्केर आमाको स्याहार गर्न थाले । छोराको खुशीका लागि सीताले कतिपय अवस्थामा पार्टी र परिवारभन्दा माथि उठेर बचाउ गर्नुहुन्थ्यो ।

२०७४ मंसिर १० र २१ गते प्रतिनिधि सभाको चुनाव मिति तय भएसँगै एमाले र माओवादीले चुनावी तालमेल गरे । चुनाव प्रचारमा बुवासँगै प्रकास पनि खटिएका थिए । तर, चुनाव आउन एक हप्ता बाँकी हुँदा २०७४ मंसिर ३ गते सुतिरहेको बेला मृत्यु भयो । छोराको मृत्युपछि सीतामा झनै पीडा थपियो । छोरीको देहान्तबाट मानसिक तनाव व्यहोरिरहनुभएकी सीता प्रकासको मृत्युसँगै विक्षीप्त बन्नुभएकी सीता त्यसपछिका दिनहरुमा न त स्वस्थ रहन सक्नुभयो, न त खुसी नै । श्रीमतीको पीडा देख्न नसकेर दाहाल परिवार लाजिम्पाटको निवास छोडेर ललितपुरको खुमलटार सर्‍यो ।

त्यसपछिका हरेक दिन सीताका लागि कष्टकर बन्दै गए । सीता थला परेको निकै लामो समय भइसकेको थियो । उहाँ दुई वर्षयता अचेतजस्तै हुनुहुन्थ्यो । भावनात्मक मात्र नभई राजनीतिक सहयात्री भएर पतिको सफलतामा आफूलाई विगत साढे पाँच दशकदेखि समर्पित रहनुभयो । अझ मुलुकको कार्यकारी तहमा पुगेका पतिको छवि विगार्न परिवारका सदस्य खासगरी पत्नीले गलत भूमिका खेलेका चर्चाबीच राज्य सञ्चालन प्रक्रियामा उहाँको अरुचि साँच्चै अनुकरणीय रह्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४