Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सासंद डा. तोसिमाले मागिन् स्वास्थ्यमन्त्री मोहनबहादुरको राजिनामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २७ २०८०
  • 4.7K
    SHARES

काठमाडौँ । ललितपुरकी संघीय सासंद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्री मोहन बस्नेतको राजिनामा मागेकी छिन् ।

सामाजिक सञ्जालमार्फत सासंद कार्कीले मन्त्रालयमा उचित दरवन्दी नहुँदा र न्युन पारिश्रमिकका कारण बाँच्न कठीन भएको भन्दै आएका कर्मचारीलाई “आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छ“ भन्दै आन्महत्या दुरुत्साहन गरेको भन्दै राजिनामा मागेकी हुन् ।

दक्षिण एशियामै आत्महत्या मृत्युदर नेपालमा धेरै रहेको अवस्थामा स्वास्थ्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तीले आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाई स्वयम् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक रहेको उनको भनाई छ ।

मन्त्री बस्नेतको भनाई सञ्जारमाध्यमहरुमा भिडियो सहित प्रशारण भएपछि मन्त्री बस्नेत विवादमा आएका हुन् ।

यस्तो छ सासंद कार्कीको भनाई :
समाजको वृहत्तर हितको लागी आज मैले पनि प्रष्ट कुरा गर्नैपर्छ्र स्वास्थ्य मन्त्री जस्तो स्वास्थ्य क्षेत्रको अभीभावक हुनुपर्नेमा,
न्युन पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयसँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र
उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाइ त्याहाँ काम गर्न गार्हो भईसक्यो आत्महत्या गरुँ जस्तो भईसक्यो भनि हार गुहार गर्न जाँदा त्यसरी … “आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छ“ यस्तो तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिन मिल्छ ?
हाल दक्षिण एसियामै सबै भन्दा बढी आत्महत्या मृत्युदर नेपालको छ्र दैनिक रुपमा १७–१९ युवा युवतिले आत्महत्या गरिरहेका छन् ।

पछिल्लो समय देशमा पेशागत नैरास्यताका कारण डाक्टर नर्स स्वास्थयकर्मीहरु विदेशीने मात्र हैन उनीहरुमा आत्महत्या गर्ने क्रम पनि बढ्दो छ्र यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देश भरीका स्वास्थ्यकर्मीहरुको श्रम पसिना र उनीहरुको दु:ख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाई स्वय्म् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ्र त्यसैले नैतिकताको आधारमा स्वास्थ्य मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ्र ।
सम्पूर्ण सरोकारवाल निकायहरुको ध्यानाकर्षण होस् 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४