Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन गुरुङ सोलुमै अस्ताए


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २६ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । १ वैशाख २०७६, नयाँ वर्षको एकाबिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भयो । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । जहाँ रोकिएका थिए, मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर । यस दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भयो ।

सो दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए चेतबहादुर (सीबी) गुरुङ । उनी घाइते भए । सो बेला उनी ३ महिना अस्पतालमा बस्नु परेको थियो । त्यसपछि निको भएर सेवामा खटिएका अनुभवी पाइलट यी गुरुङले उडाएको मनाङ एयरको नाइनएन–एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिक दुर्घटनामा परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार यो हेलिकप्टरमा कुल ५ जना यात्रु सवार थिए । यात्रु सबै मेक्सिकन नागरिक हुन् । जसको कमाण्ड क्याप्टेन सीबी गुरुङसँग थियो । ५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए । यसअघि उनले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार क्याप्टेन गुरुङ सन् १९९७/९८ देखि निरन्तर उडानमा थिए । उनीसँग ७ हजार घण्टा हवाई उडानको अनुभव थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार लुक्ला नजिकै रहेको सुर्केस्थित हेलिप्याडबाट हेलिकप्टर १० बजेर ५ मिनेट जाँदा उडेको थियो । हेलिकप्टर अन्तिम पटक १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो । टावरसँग सम्पर्क टुटेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्धार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलतर्फ खटाएको थियो । स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो ।

माउन्टेन फ्लाइटमा गएका पर्यटक सवार

मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए । सोमबार प्रतिकूल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४