Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडा सदस्य शाहलाई कारबाहीको माग गर्दै गेरुवा गाउँपालिकाका कर्मचारीहरुले रोके काम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २५ २०८०
  • 3K
    SHARES

काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिकाका कर्मचारीहरुले वडा सदस्य वीरेन्द्रबहादुर शाहलाई कारबाहीको माग गर्दै कामकाज बन्द गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ का सदस्य शाहले कार्यालयमा तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले कामकाज बन्द गरेका हुन् ।

कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएअनुसार असार २४ गते राति १२ बजेबाट आर्थिक वर्ष २०७९/८० को सबै भुक्तानी प्रक्रिया बन्द हुने भएकाले सेवाग्राहीको सहजताका लागि कार्यालयका कर्मचारीहरुले आ-आफ्नो शाखामा काम गरिरहेका थिए । त्यही बेला असार २४ गते राति करिब ११.०१ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका शाहले आर्थिक प्रशासन शाखामा प्रवेश गरी अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको कर्मचारीहरुको भनाइ छ ।

शाहले शाखाको काउन्टरमा रहेको सिसासमेत फुटाएको विज्ञप्तिमा उल्लेख छ ।कर्मचारीहरुलाई वडा सदस्य शाहलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । ‘आफ्नो स्वार्थ पूरा नहुँदा ज्यान मार्नेसम्मको मनस्थितिका साथ उत्रिनु आफैंमा खेद प्रकट गर्ने विषय यो,’ विज्ञप्तिमा लेखिएको छ, ‘निज विनोद शाहलाई कानुन बमोजिम हदैसम्मको कारबाही नभएसम्म गेरुवा गाउँपालिका कार्यालयबाट सन्चालन हुने सम्पूर्ण सेवाहरु स्थगित गरिएको…।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४