Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनोटमा कुशल : उत्कृष्ट सुरुवात, बिर्सनलायक अन्त्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २५ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । जिम्बाब्वे विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेलले राम्रो सुरुवात गरे । प्रतियोगिताको आफ्नो पहिलो खेलमै घरेलु टिम जिम्बाब्वेविरुद्ध ९९ रन बनाएका उनले अरु ५ खेलमा ११४ रन मात्र थप्न सके । प्रतियोगिताअघिको अभ्यास खेलमा शतक पूरा गरेका उनी जिम्बाब्वेसँग शतक पूरा गर्न १ रनले चुक्नु दुर्भाग्य भयो । ‘जसरी सुरुवात गरेको थिएँ, त्यसरी अन्त्य गर्न सकिनँ’, कुशल आफ्नो समीक्षा गर्छन् ।

टेष्ट राष्ट्रसँगको खेलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका कुशल भन्छन्, ‘व्यक्तिगत हिसाबले भन्नुपर्दा १ रनले गर्दा एउटा कोशेढुंगा (माइलस्टोन) भेटाइनँ । तर टिमको लागि मैले र आसिफ शेखले १७१ रनको राम्रो साझेदारी गरेका थियौं ।’ जिम्बाब्वेविरुद्धको खेलमा कुशल र आरिफले पहिलो विकेटका लागि गरेको १७१ रनको साझेदारी नेपालको अहिलेसम्मकै ठूलो साझेदारी हो । उनीहरुकै साझेदारीको बलमा नेपालले जिम्बाब्वेविरुद्ध पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २९० रन बनाएको थियो । तर यो खेलमा बलिङ राम्रो नहुँदा नेपाल ८ विकेटले पराजित भयो ।

दक्षिण अफ्रिकामा १० दिनको अभ्यास गरेर जिम्बाब्वे पुगेको नेपाली टोलीका सदस्य उनी प्रतियोगितालाई लिएर निक्कै उत्साहित थिए । किनकि उनको लागि यो प्रतियोगिता करिअरकै ठूलो थियो । सोचेजस्तो नतिजा ल्याउन नसके पनि विश्वकप छनोट उनका लागि लागि सिक्ने र सुध्रिने मौका बनेको छ ।प्रतियोगिता अगाडिसम्म उनलाई टेष्ट राष्ट्रका खेलाडीको बलिङ कसरी सामना गर्ने भन्ने डर लाग्थ्यो । तर अहिले जस्तोसुकै बलरको बल फेस गर्ने आत्मविश्वास बढेको छ । ‘टेष्ट नेसनसँग मैले पहिलो पटक खेलेको भएर उनीहरुले कसरी बलिङ गर्छन् भन्ने अनुभव थिएन’, कुशल भन्छन्, ‘बाहिरबाट टेष्ट नेसन भन्ने भए पनि मैदानमा जाँदा अन्योल अनुभव भएन, बल हेरेर खेल्ने नै गरें ।

विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजसँग खेल्यो । पहिलोमा जिम्बाब्वेसँग पराजित भएको र दोस्रोमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल वेष्ट इन्डिजसँगको खेललाई लिएर उत्साहित थियो । कुशलले वेष्ट इन्डिजका खेलाडीलाई टेलिभिजनमा मात्र देखेका थिए । खेलमा नेपालले राम्रो सुरुवात पनि गरेको थियो । पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ५५ रन बनाउँदा ३ विकेट गुमाएको थियो । करण केसीको बलमा केल मेयर्सको क्याच कुशलले ‘फ्लाइङ पोजिसन’ मा लिएका थिए । सोही उत्कृष्ट फिल्डिङका कारण कुशलले ‘आईसीसी प्लेअर अफ दि विक’को रुपमा घोषित भए ।

वेष्ट इण्डिजका लागि चौथो विकेटका लागि शाही होप र निकोलस पुरनले २१६ रनको साझेदारी गरे पछि नतिजा नेपालको पक्षमा आएन । नेपाल यो खेलमा १०१ रनले पराजित भयो । ५ रन मात्र बनाए पनि कुशलका लागि यो खेल एउटा सिक्ने मौका भयो । वेष्ट इन्डिजका खेलाडीले खेलपछि नेपाली खेलाडीलाई सिकाउने र अनुभव बाँड्ने गरेका थिए । उनीहरुबाट नेपाली खेलाडीले धेरै नयाँ कुरा सिक्ने मौका पाएको उनी बताउँछन् ।

हेरेर पनि सिकियो

विश्वकप छनोट जस्तो ठूलो प्रतियोगितामा सानो गल्तीहरुले पनि विपक्षीले जित्न सक्छ भन्ने ज्ञान कुशलले सिकेर आए । उनलाई आफ्नै प्रदर्शन र पुरै नेपाली टिमले नै पनि अझै राम्रो गर्न सकेको भए भन्ने थकथकी बाँकी रहृयो । ‘अझै हामीले हरेक कुरामा सुधार्न सकिन्छ । मेरो हिसाबमा भन्नुपर्दा ब्याटिङमा अझ राम्रो गर्न सकिन्छ’, उनले भने । ठूलो प्रतियोगितामा एशोसिएट राष्ट्र नेदरल्यान्ड्सको प्रदर्शनबाट धेरै सिक्ने मौका पाएको कुशलले बताए । ‘उनीहरुको फिटनेस लेभल, उनीहरुको मानसिकता, खेलको योजना निर्माण धेरै सिक्ने कुराहरु थियो’, कुशलले भने ।

नेपालले आगामी दिनमा टेष्ट राष्ट्रसँग खेलेको अनुभव सँगाल्दै कमजोरी सुधार्दै अघि बढ्ने प्रयत्नसहित स्वदेश फर्किएको छ । दुई वटा टेष्ट नेसन र अरु नेसनहरुसँग पनि खेल्यौं । त्यसले गर्दा हामीले हाम्रो कमजोरी थाहा पायौं । अब अगाडि हामी त्यही कमजोरीहरुलाई सुधार्दै अगाडि बढ्ने सोचमा छौं ।’ सन् २०२१ मा दुबईमा भएको आईसीसी लिग २ अन्तर्गत पीएनजीसँगको खेलमा नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले नेपालका लागि हालसम्म ४४ वटा एकदिवसीय खेल खेलिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४