Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित : गृहमन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८०
  • 2K
    SHARES

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गर्नुभएको छ । शुक्रबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यसमा नेतृत्वबाट संरक्षित रहेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको आरोप लगाउनुभयो ।

सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधानको आँट गरेको बताउनुभयो । गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको भन्दै गृहमन्त्री श्रेष्ठले आन्तरिक सुशासन बिना समाजमा विधिको शासन स्थापित गर्छु भन्नु परिकल्पना मात्र हुने स्पष्ट गर्नुभयो ।

अर्को प्रसंगमा गृहमन्त्री श्रेष्ठले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न जुनसुकै ओहोदाका भए पनि कारबाहीको दायरामा आउने बताउनुभयो । तथ्य र प्रमाणले भ्याएसम्म सबैमाथि अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई आफूले स्पष्ट निर्देशन दिएको श्रेष्ठले दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४