Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीमा सभामुखसमेतको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २१ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेपाली कांग्रेस नेकपा माओवादीसहितकाे गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एसका ४, जसपाका १ र नेकपा माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमको समेत समर्थनमा उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए । सोही समयभित्र बहुमत नपुगेपछि सभामुखले समेत समर्थन दिएका हुन् ।

९३ सदस्यीय प्रदेश सभामा सरकार निर्माण गर्न ४७ सांसदको बहुमत चाहिन्छ । गठबन्धन दलसँग बहुमतका लागि १ जना सांसद अपुग हुँदा उनीहरुले सभामुखकाे सहयोग लिएका छन् । यद्यपी, नेकपा एमालेलेले भने सभामुखको हस्ताक्षर गराउनु असंवैधानिक हुने बताउँदै यसको विरोध गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४