Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समाजलाई अगाडि बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २० २०८०
  • 1.8K
    SHARES

काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हीतमा काम गराउन भूमिका खेल्ने बताउनुभएको छ ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसदलाई सबल र राष्ट्रको हीतमा काम गराउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको हो । उहाँले संसदभित्र भएका समस्या र कमी कमजोरीहरुलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताउनुभयो ।

सभामुख घिमिरेले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडि बढाउन विगतदेखि नै महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले चुनाव जसरी पनि जित्नुपर्ने नभइ स्वस्थ प्रतिष्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राख्नुभयो ।

सभामुख घिमिरेले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४