Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुल्सनको अर्धशतकमा नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य आईसीसी विश्वकप छनोट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डलाई २६९रनको लक्ष्य दिएको छ । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डलाई नेपालले २ सय ६९ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।

नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे । त्यसअघि ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए । उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडे । एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए ।

ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए । भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रनको योगदान गरे ।

दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए । सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे । करण केसी ३ बलमा ४ रन जोडेर आउट भए ।

आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।

   

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४