Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल आयल निगमले आईओसीको सबै ऋण तिर्‍यो, पाक्षिक १ अर्ब ६० करोड नाफामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८०
  • 2.4K
    SHARES

काठमाडौँ । खाना पकाउने एलपिजी ग्यासको मूल्य भारतबाट घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्य सूचीमा प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको हो ।

नयाँ मूल्यसँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको नेपाल आयल निगमले जनाएको छ । यसअघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो। आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ । डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ ।

सबै ऋण चुक्ता
निगमले आईओसीको सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ब्याजवापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व छ । यो रकम पनि केही समयपछि भुक्तानी हुने उनको भनाई छ ।

नेपाल आयल निगम हाल पाक्षिक (१५ दिनमा) १ अर्ब ६० करोड नाफामा गएको छ । खासगरी खाना पकाउने एलपी ग्यासको मूल्य अत्याधिक घटेर आएपछि निगमको नाफा बढेको हो । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा आन्तरिकतर्फ ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४