Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“फेरियो मुलपानी क्रिकेट मैदानको नाम”अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १६ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।

सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरेको हो ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समयदेखि बन्न सुरु गरेको भए पनि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ ।

टियु नेपालको एकमात्रै पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो । मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हो । २०२० मा पहिलो पटक नेपालमा टियु मैदानले ओडिआई मान्यता पाएको थियो ।

माथिल्लो मुलपानी क्यानले २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो । तर पछि मैदान अभावपछि नेपालले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औँ मैदान समेत हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४