Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन फेर्ने कुरा अफवाह हो : अर्थमन्त्री महत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १६ २०८०
  • 3.3K
    SHARES

पोखरा । सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन हुने कुरा अफवाह मात्र भएको बताएका छन् ।

प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा उनले दलहरूसँग छलफल गर्नु सामान्य भएको बताए । सबै अफवाह हो । भ्रम हो । संसद्मा सबै दलसँग छलफल त हुन्छ, छलफल हुँदैमा सत्ता गठबन्धन फेरिने होइन, उनले भने, अहिले चलेको हल्ला मात्र हो । सत्यता छैन । हामी निश्चित लक्ष लिएर चलेका छौँ ।´ उनले अहिले गठबन्धन नफेरिने दाबी गरे ।

महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताए । वैदेशिक मुद्राको सञ्चिति काफी धेरै छ । पर्यटन फस्टाउन थालेको छ,´ उनले भने, `यो बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ ।´ तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

`पुँजीगत बजेट कम छ । त्यो पनि खर्च नहुँदा हालत के हुन्छ ?,´ महतले थपे, `अव खर्च प्रक्रियालाई सहज बनाउने छ । सिस्टममा परिमार्जन गरिएको छ ।´ महतले बजेट बाँड्ने कुरामा लोकप्रिय नभएपनि लक्ष लोकप्रिय भएको दाबी गरे । आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने महतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४