Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १५ २०८०
  • 1.6K
    SHARES

चितवन । असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् ।

विहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर १५ असार मनाउने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजाने न्यौपानेले बताए ।

एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले धान रोपाइँको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार करिब ३ विघा जग्गामा धान रोपाइँ गर्ने कार्यक्रम छ । बोरिङ्गबाट तानिएको पानीले खेत भिजाइएको छ । ‘बाउसे, अन्य रोपाहारहरु पनि हुन्छन्, पन्चैबाजा बजाउने, असारे भाका गाउने, लोक दोहोरी सुन्ने रमाउने कार्यक्रम पनि छ’ महासंघका अध्यक्ष दंगालले भने, ‘असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था पनि स्थानीयवासिन्दाले मिलाउनुभएको छ ।’

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया गर्ने र छोटो अनौपचारिक सम्वोधन पनि गर्ने कार्यक्रम तय भएको छ । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको किसान महासंघका अध्यक्ष दंगालले जानकारी दिए ।

खेत रोप्न जानु अगाडि एमाले अध्यक्ष ओलीले जगतपुरमा रहेको व्यवसायी यज्ञ सुवेदीको केरा फर्मको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । सुवेदी चितवनका पुराना केरा व्यवसायी हुन् । बोटमा नै पाकेका केरा ओलीलाई खुवाउने भनेर राखेको सुवेदीले बताए । केरा फर्ममा एमाले अध्यक्ष ओली आउन लागेकोमा आफूलाई खुसी लागेको उनले बताए ।

रोपाइँ कार्यक्रम पछि भने ओली रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा त्यहाँका कृषिका विद्यार्थी, कृषि विज्ञ तथा प्राविधिकहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको छ । त्यस कार्यक्रमलाई सहजीकरण गर्न पूर्व मिस नेपाल सुगरिका के.सी. र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी चितवन आउने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४