Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी दूतावासनजिकै गोली चल्दा ज्यान गुमाउने ‘सुरक्षागार्ड’ बागलुङका नैनसिंह रहेको खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १५ २०८०
  • 3.1K
    SHARES

काठमाडौँ । साउदी अरबमा भएको बन्दुक आक्रमणमा ज्यान गुमाउने नेपाली सुरक्षागार्डको परिचान खुलेको छ । बुधबार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा ज्यान गुमाउनेमध्ये एक बागलुङका ६० वर्षीय नैनसिंह नेपाली रहेको खुलेको हो ।

नेपाली सन् २००१ देखि साउदीमा थिए । साउदीको ओथमान हमेद अल घामदी एन्ड सन्स कम्पनीमार्फत उनी अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए । नेपालीको शव अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनामा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको थियो ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका एक व्यक्ति कारमा आएका थिए । अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ । घटनाबारे साउदी निकायहरूले अनुसन्धान सुरु गरेका छन् । रोएटर्स समाचारसंस्थाले साउदी अरबको सरकारी समाचारसंस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा सुरुमा घाइते भएका र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ ।

‘जेद्दामा अमेरिकी वाणिज्य दूतावास भवनबाहिर एउटा कारमा आएका एक व्यक्ति रोकिए र हातमा बन्दुक बोकेर बाहिर निस्किए । सुरक्षा अधिकारीहरूले आवश्यकतानुरूप उनलाई रोक्न पहल गरे अनि गोली हानाहान हुँदा उनको मृत्यु भयो,’ मक्का क्षेत्रका प्रहरी प्रवक्ताले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४