Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९ औं एशियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १४ २०८०
  • 5.4K
    SHARES

काठमाडौं । नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीम जुटिरहेका छन् ।

२९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड शुरु हुँदैछ । कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औं एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एशियाली राष्ट्रका खेलाडीहरू छन् ।

यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर, चीनमा महामारी फैलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एशियाली खेलकुद प्रभावित हुन पुग्यो ।

हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ । आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तिब्र बनाइरहेका छन् । यस पटक नेपालको तर्फबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तिब्रता दिइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४