Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जीतपुर सिमराले ल्यायो २ अर्ब १ करोडको बजेट, ३१ करोडको स्रोत अनिश्चित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले २ अर्ब एक करोड ८० लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ ।

बुधबार उपप्रमुख भोलाप्रसाद अधिकारीले ३१ करोड ७३ लाख ८२ हजार ९११ रुपैयाँ घाटासहित २ अर्ब एक करोड ८० लाख ४८ हजार ४११ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटको आय शीर्षकमा १ अर्ब ७० करोड ६ लाख ६५ हजार ५०० रुपैयाँ रहेको छ भने व्ययमा २ अर्ब १ करोड ८० लाख ४८ हजार ४११ रुपैयाँ रहेको छ ।

बजेटको स्रोतमा आन्तरिक आय ४२ करोड ४ लाख, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान २८ करोड, राजश्व बाडफाँटबाट ३९ करोड ७३ लाख लगायत रहेको छ ।

जीतपुर सिमराका २४ वटा वडाका लागि प्रत्येक वडामा जनसंख्याका आधारमा रकम विनियोजन गरिएको छ । ठूला वडालाई २ करोड ३१ लाखदेखि साना वडालाई १ करोडसम्म विनियोजन गरिएको छ । घाटा बजेट पूर्तिका लागि पछि अन्य स्रोत खोजिने उल्लेख छ । तर त्यो स्रोत के हुने भन्नेबारे अन्योल छ ।

सुत्केरी गाई-भैंसीलाई पोषण भत्ता

जीतपुर सिमरा उपमहानगरले सुत्केरी गाई-भैंसीलाई पोषण भत्ता दिने भएको छ । उपमहानगरले सुत्केरी गाईभैंसीका लागि बजेट विनियोजन गरेको हो ।

नगरका सुत्केरी गाइभैंसीलाई ७ दिनको लागी नगद १ हजारका दरले मिनरल (पोषक तत्व) भिटामिन वितरण गर्ने भएको छ । जसका लागी नगरले ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी नगरले पशुहरुको बाँझोपन निवारणका लागी पनी बजेट विनियोजन गरेको छ ।

पशुपालक कृषकहरुको गुनासो र समस्याहरुको आधारमा नगरले आर्थिक वर्ष २०८०/८१ मा बाँझोपन सम्बन्धी शिविर सञ्चालन गर्न ५ लाख रकम विनियोजन गरेको छ ।

नगरले आर्थिक वर्ष २०८०/८१ का लागि पशुपंक्षी विकास शाखा मार्फत २ करोड ४२ लाख रकम विनियोजन गरेको छ ।

जीतपुरसिमरा उपमहानगरले यसै वर्षबाट नगरमा स्वयम सेवक शिक्षक नियुक्त गर्न बजेट विनियोजन गरेको छ । करिब ३ करोडको बजेटमा नगरमा स्वयम् सेवक शिक्षक नियुक्त गरी शैक्षिक क्षेत्रको विकासमा केन्द्रित रहने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४