काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतालाई सर्वोच्च अदालतले वैधता दिएको छ ।
रबि लामिछानको नागरिकता अवैध रहेको त्यही नागरिकताका आधारमा निर्वाचनमा खडा भएर सांसद निर्वाचित उनको सांसद पद खारेज हुनुपर्ने मागसहित युवराज पौडेल सफलले सर्वोच्चमा दायर गरेका रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । यो संँगै रविको नागरिकताले अदालतबाट समेत वैधता पाएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सदस्य रहेको संवैधानिक इजलासले रबि लामिछानेविरुद्ध सफलले दायर गरेको उक्त रिट बुधबार नै खारेज गरिदिएको छ ।
विदेशी नागरिकता त्यागेको निस्पा पेश नै नगरी नेपाली नागरिकता लिएको दाबीसहित रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दर्ता भएको रिट सर्वोच्च अदालतले गलत ठहर गर्दै खारेज गरिदिएको हो ।
चितवन २ बाट निर्वाचित सांसद रबि लामिछानेको पहिलो अघिल्लो पटकको सांसद पद पनि नागरिकता विवादकै कारण खारेज भएको थियो ।