Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपामा यादव झनै शक्तिशाली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बनाएको नयाँ विधानमा पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव झनै शक्तिशाली बन्ने भएका छन्।

नयाँ विधान भने लागु भएको छैन। पार्टीका प्रवक्ता मनीष सुमनका अनुसार काठमाडौंमा तिन दिनसम्म चलेको अधिवेशनबाट प्राप्त सल्लाह र सुझावलाई आधार मानेर पार्टीले मस्यौदा परिमार्जन गरी नयाँ विधान प्रमाणीकरण गर्न ६ सदस्यीय समिति बनाएको छ।

उक्त समितिलाई मस्यौदा परिमार्जन गर्ने अधिकार मात्र छैन, विधान लागु गर्ने र प्रमाणीकरण गर्ने अधिकारसमेत दिइएको प्रवक्ता सुमनले बताए।

विधान मस्यौदामा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, लालबाबु राउत तथा दीपेन्द्र झा रहेका छन्। यसअघि विधान अधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई १० वटा समूहमा बाँडिएको थियो। प्रत्येक समूहबाट छुट्टाछुट्टै सल्लाह मागिएको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४