Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनोटको प्लेअफमा नेपाल र युएई भिड्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १२ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको प्लेअफमा युएईसँग खेल्ने भएको छ । युएई समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफमा नेपालसँग भिड्ने भएको हो।

नेपाल समूह ए को चौथो र युएई समूह बी को पुछारमा रहँदै प्लेअफमा भेट भएका हुन्।

खेल २ जुलाईमा हुनेछ । नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ समूह ए मा चौथो स्थानमा छ। युएई समूह बी मा चारै खेलमा पराजित हुँदै पुछारमा छ।

अर्को प्लेअफमा समूह ए को पुछारमा रहेको अमेरिका र समूह बी को चौथो स्थानमा रहेको आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। आयरल्यान्ड र अमेरिकाबीचको खेल ३० जुनमा हुनेछ अमेरिका समूह ए मा सबै खेलमा हारका साथ पुछारमा थियो । आयरल्यान्ड ४ खेलमा ३ मा हार र १ मा जितकासाथ २ अंक जोड्दै चौथो स्थानमा छ।

यी दुई प्लेअफका विजेता टोलीले सातौं स्थानको लागि ४ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। प्लेअफमा पराजित हुने दुई टोलीले नवौं स्थानको लागि ६ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्टइन्डिज तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । समुह बी बाट श्रीलंका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सका शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४