Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेपाली कांग्रेसले थाल्यो अनलाइनबाट सदस्यता वितरण शुरु “


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १२ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदन मार्फत प्राप्त गर्न सकिने सदस्यता ‘साधारण सदस्यता’ हो ।

नेपाली कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।

नेपाली कांग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।

साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।

सबै विवरण भरिसकेपछि ‘म पूर्ण निष्ठा र इमान्दारितासाथ राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श, सिद्धान्त एवं उद्धेश्यमा आस्था राख्दै पार्टीको विधान र अनुशाुसन पालना गर्न प्रतिवद्धता साथ शुल्क रु २० बुझाई नेपाली कांग्रेसको सदस्यता प्राप्ति÷नवीकरणका लागि आवेदन गर्दछु ।’ भन्ने वाक्याशंमा सहमति जनाई टिक लगाउनुपर्दछ । प्रतिवद्धता जनाइसकेपछि विवरण भर्ने कार्य सकिन्छ ।

आवेदन दिइसकेपछि स्कान मार्फत पैसा तिर्न सकिन्छ । पार्टीले विवरण हेरिसकेपछि आवेदकलाई ओटीपी (वन टाइम पासवोर्ड) मोबाइल नम्बरमा पठाउँछ । उक्त ओटीपी नम्बर राखेर भेरिफाई गरेपछि नेपाली कांग्रेसको साधारण सदस्यता लिने क्रम सकिन्छ ।

अनलाइन मार्फत नै सदस्यता प्रिन्ट गरिने पार्टीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४