Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले भ्रष्टाचारी जोगाउने पक्षमा छैन : सांसद बर्तौला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताउनुभएको छ ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

सांसद बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अतियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्नेकुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने बताउनुभयो ।

सांसद बर्तौलाले नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरु जोडिएका घटनाहरु कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । उहाँले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्नेकुरा सामान्य विषय भएको बताउनुभयो । सांसद बर्तौलाले नेतृत्व लिएको हिसावले नाम आएपनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वभाविक भएको बताउनुभयो ।

सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४