Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको गृहको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 2.2K
    SHARES

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र डा. आरजु राणालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन नदिएको गृहमन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सोमबार यस्तो दाबी गरेको हो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा यस्तो दाबी गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूबाट कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको ब्यहोरा अवगत गराउँछु ।

सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वाञ्छनीय छ। मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानबिन गरी उचित निष्कर्षमा पुर्याउन सबैले सहयोग पुर्याउन समेत अनुरोध गर्दछ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा ​देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको भन्ने समाचार सञ्चार माध्यममा आएपछि मन्त्रालयको यस्तो विज्ञप्ति आएको हो ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४