Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ ।

अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको छ । आइतबार , पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा सुनको परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो । जलहरीमा अनियमिता भएको भन्दै छावविन गर्न माग गर्दै अख्तियारमा पनि उजुरी परेको थियो भने संसदमा पनि सांसदले यसबारे कुरा उठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघमा पत्नी राधिका शाक्यकासाथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरी झण्डै एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्नु भएको थियो।

सुनको जलहरी राख्न ओलीसरकारबाट ३० करोड दिने घोषणा भएको थियो । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर ८० करोड लागतमा १०८किलोको जलहरी राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४